०८ साउन २०८३, शुक्रबार

चीनबाट नेपाल हुँदै भारततर्फ ई–सिगरेट तस्करी, दुई जना पक्राउ

फागुन १६, २०८०
काठमाडौं
चीनबाट नेपाल हुँदै भारततर्फ ई–सिगरेट तस्करी, दुई जना पक्राउ

भारतको नोएडास्थित कोतवाली सेक्टर–३९ प्रहरीले चीनबाट नेपाल हुँदै तस्करी भएको ई–सिगरेट (भेप) बरामद गरेको छ । भारतीय प्रहरीले सेक्टर ४१–४२ कटानबाट तस्कर गिरोहका दुई जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा भेप प्रतिबन्धित छ ।

पक्राउ परेकाहरू खातिमा (उत्तराखण्ड) निवासी अहमद रफी र तस्लीम रहेको समाचारमा उल्लेख छ । उनीहरूको साथबाट भारु ४५ लाखभन्दा बढीको ई–चुरोट र तीन किलोभन्दा बढी गाँजासहित एउटा कार पनि बरामद भएको अमर उजालाले रउल्लेख गरेको छ । आरोपितले ई–चुरोट नेपाल हुँदै दिल्ली–एनसीआर ल्याउने गरेको प्रहरीसँगको बयानमा बताएका छन् । 

पक्राउ परेका दुवैले नेपालबाटई–चुरोटको खेप लिएर सडक मार्ग हुँदै दिल्ली–एनसीआर ल्याएको बताएको समाचारमा उल्लेख छ । 

समाचारअनुसार नेपालमा रहेका रिंकुले चीनबाट ई–सिगरेट अर्डर गरेर नेपालमा स्टक गर्ने र त्यहाँबाट भारतमा तस्करी गर्ने गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्