२१ जेठ २०८३, बिहीबार

माझी समुदायले मनाए ‘लदी’ पर्व

फागुन १६, २०८०
सिन्धुपाल्चोक
माझी समुदायले मनाए ‘लदी’ पर्व

खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी धुमधामसँग मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले मङ्गलबार यो पर्व मनाएका हुन् ।

कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताए ।

जिल्लाका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची –१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व भव्यरूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताए ।

माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो ।

salt training

कमेन्ट गर्नुहोस्