
उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचन कार्यतालिका छ ।
आगामी चैत २४ गते उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको छ ।
आयोगका अनुसार उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले फागुन २४ गते देखि ३० गतेसम्म दल दर्ता गर्नु पर्नेछ ।