०३ असार २०८३, बुधबार

कांग्रेस र गच्छदारको लोकतान्त्रिक फोरमबीच एकीकरण हुने

कात्तिक २०, २०७४
कांग्रेस र गच्छदारको लोकतान्त्रिक फोरमबीच एकीकरण हुने
काठमाडौँ, २३ असोज- कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच तत्कालका लागि चुनावी तालमेल एवं प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने विषयमा छलफल सुरु भएको छ, नयाँ पत्रिकामा खबर छ ।gachhadar deuba
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले पार्टी एकीकरणको प्रक्रिया सुरु गरेपछि कांग्रेस तथा लोकतान्त्रिक फोरमले पनि भविष्यमा एउटै पार्टी बनाउने विषयमा छलफल सुरु गरेका हुन् । दुवै पार्टीका नेताहरूले तत्काल चुनावी तालमेलबाट सहकार्य सुरु गरी आसन्न निर्वाचनपछि पार्टी एकता प्रक्रिया सुरु गर्ने जानकारी दिए ।

कांग्रेस नेता रमेश लेखकले लोकतान्त्रिक फोरमसँग तत्कालका लागि चुनावी तालमेल र निर्वाचनपछि पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल सुरु भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्