२८ असार २०८३, आइतबार

राष्ट्रिय सभा अध्यक्ष चुनावबारे छलफल गर्न माओवादीको बैठक

फागुन १६, २०८०
काठमाडौं
राष्ट्रिय सभा अध्यक्ष चुनावबारे छलफल गर्न माओवादीको बैठक

फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी रहेको छ । बैठकमा कार्यविभाजनसहित राष्ट्रिय सभा अध्यक्षमा दाबेदारी दिनेबारे पनि महत्वपूर्ण निर्णय हुने माओवादीले जनाएको छ । 

मंगलबारको बैठकमा बोल्ने अधिकांश सदस्यले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने मत राखेका थिए । यतिमात्रै होइन कांग्रेस महासमिति बैठकमा भएको गठबन्धन विराधी छलफलको विषयमा पनि माओवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौलाले जित्ने तर ,राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्ना उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीले अध्यक्ष आफैंसँग राख्ने तयारी गरेको छ । राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएकोले पनि अध्यक्ष कांग्रेसलाई दिन नहुने मत माओवादीभित्र छ । 

कांग्रेसले पनि नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने बताउँदै आएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि कांग्रेसको महासमितिमा गठबन्धन विरोधी मत प्रकट भएपछि स्थायी समितिमा राष्ट्रिय सभा अध्यक्ष आफैंसँग राख्नुपर्ने मत बलियो भएको बताए । यसबारे बुधबारको बैठकले निर्णय लिने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्