२९ जेठ २०८३, शुक्रबार

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

फागुन १६, २०८०
काठमाडौं
बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

मंगलबार दिउँसो १:३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।

मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्