२१ जेठ २०८३, बिहीबार
टी–२० क्रिकेट शृंखला

नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रको पनि अर्धशतक

फागुन १६, २०८०
काठमाडौं
नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रको पनि अर्धशतक

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका दीपेन्द्रपसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । उनले २८ बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका हुन् ।

यस क्रममा दीपेन्द्रले ५ चौका र २ छक्का प्रहार गरे । 

यसअघि कप्तान राेहित पौडेलले समेत अर्धशतक बनाएका थिए । 

उनले ३५ बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ६ चौका २ छक्का प्रहार गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालले १८५ रनको लक्ष्य पछ्याइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्