२३ असार २०८३, मंगलबार

श्रीलङ्काली अर्थमन्त्रीको दाबी– सन् २०२२ मा घाटामा रहेका सरकारी लगानीका ५२ व्यवसाय अहिले नाफामा

फागुन १६, २०८०
काठमाडौं
श्रीलङ्काली अर्थमन्त्रीको दाबी– सन् २०२२ मा घाटामा रहेका सरकारी लगानीका ५२ व्यवसाय अहिले नाफामा

कोलम्बो– घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री असन्का सेहान सेमासिङ्घेले मङ्गलवार दाबी गरेका छन् ।

एसओईले सन् २०२२ मा लगभग ७४३ अर्ब रुपैयाँ (२.४ अर्ब अमेरिकी डलर) घाटाका कारण गुमाएका थिए ।

विगतमा सबैभन्दा बढी नोक्सानमा रहेका सिलोन पेट्रोलियम कर्पोरेसन र सिलोन इलेक्ट्रिसिटी बोर्डले अब लागत–प्रतिबिम्बित मूल्य निर्धारण संयन्त्र र वर्तमान आर्थिक सुधारका कारण लाभदायक अवस्थामा रहेका छन् ।   

उनका अनुसार अघिल्लो सरकारहरूले जनतालाई राहत प्रदान गर्न अनुदानमा सेवाहरू प्रदान गर्दा  श्रीलङ्काले दीर्घकालीन रूपमा गम्भीर आर्थिक सङ्कटको सामना गर्नुपरेको थियो । 

अहिले सरकारले आवश्यक सेवाहरूका लागि अनुदान मूल्य प्रणाली उपलब्ध गराउनुको सट्टा गरिब लक्षित कल्याण प्रदान गर्नमा ध्यानकेन्द्रित गरिरहेको सेमासिङ्घेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्