२१ जेठ २०८३, बिहीबार

अर्जेन्टिनाको प्रतिद्वन्द्वी नाइजेरिया होइन कोस्टारिका !

फागुन १६, २०८०
काठमाडौं
अर्जेन्टिनाको प्रतिद्वन्द्वी नाइजेरिया होइन कोस्टारिका !

विश्वविजेता अर्जेन्टिना राष्ट्रिय फूटबल टोलीले मैत्रीपूर्ण खेलमा नाइजेरियाको सट्टा कोस्टारिकाको सामना गर्न लागेको अर्जेन्टिनी फूटबल संघ (एएफए)ले जनाएको छ ।

नाइजेरियाले प्रशासनिक समस्याका कारण नाम फिर्ता लिएकाले अर्जेन्टिनाले कोस्टारिकासँग खेल्ने निधो गरेको एएफएको वेबसाइटमा उल्लेख छ ।

यसअघि आगामी मार्चमा अमेरिकामा हुन लागेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले नाइजेरिया प्रतिद्वन्द्वी पाएको थियो ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले अब मार्च २२ तारिखमा एल साल्भाडोर र २६ मा कोस्टारिकासँग खेल्ने छ ।

पहिलो खेल फिलाडेल्फिया र दोस्रो लस एन्जलसमा हुनेछ ।

अमेरिकामा यसै वर्षको जुनमा शुरू हुने कोपा अमेरिकाको तयारीस्वरुप अर्जेन्टिनाले मैत्रीपूर्ण खेलहरू खेल्न लागेको हो । 

  

salt training

कमेन्ट गर्नुहोस्