×

NMB BANK
NIC ASIA

गंगालाल अस्पतालमा मुटुरोगीको चाप, एउटै शैय्यामा राखेर दुईजनाको उपचार

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २३ असोज – काठमाडौंको फुटुङकी रीता उप्रेती शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको लागि आकस्मिक कक्षमा शनिबार भर्ना भइन् । श्वास फेर्न गाहृो हुने, हातखुट्टा झम्झमाउने र मुटुको धड्कन कम चल्ले समस्या भएपछि उनका आफन्तले उप्रेतीलाई शनिवार अपस्पताल ल्याएका थिए ।

अस्पतालमा उनीसँगै शैय्यामा रामेछापकी देवकुमारी खत्री पनि छिन् । उनको समस्या पनि उप्रेतीको जस्तै छ । शरीर गल्ने, ज्यान दुख्ने र सास फर्नै गाह्रो भएपछि रामेछापबाट काठमाडौं आइपुगेकी खत्री अस्पतालको आकस्मिक सेवामा भर्ना भई उपचाररत छिन् ।

एउटै शैयामा दुईजना बस्नुपर्दा समस्या हुने गरेको खत्रीले बताइन् । ‘एउटै बेडमा दुईजना बस्नुपर्दा समस्या हुन्छ नि । साँगुरो छ, राति सुत्ने समयमा राम्रोसँग बेडमा अट्न मुस्किल पर्छ’ उनले भनिन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक सेवामा बिरामीको चाप अत्याधिक बढेको छ । १८ शैया रहेको आकस्मिक कक्षका प्रायः सबै शैयामा दुई÷दुई जना विरामी राखेर उपचार गरिएको छ । दैनिक ३० जनासम्म आकस्मिक सेवामा बिरामी भर्ना हुने गरेको अस्पतालका आकस्मिक सेवामा कार्यरत परिचारिका शिल्पा श्रेष्ठले बताइन् ।

‘बिरामीलाई एउटै शैयामा राखेर उपचार गर्दा उनीहरूको स्वास्थ्यमा असर पर्छ’ उनले लोकान्तरसँग भनिन्,‘ बिरामीको चाप सधै यस्तै हो । शैया नपुगेर नै हामीले दुईजनालाई एउटै शैयामा राखेर उपचार गराएका हौं ।’

अस्पतालमा मुटु रोगका मात्रै बिरामी आउने भएकाले एउटाको रोग अर्कोमा नसर्ने उनको भनाइ छ । तर अस्पतालमा रहेको साँघुरा शैयाहरुमा दुईजना बिरामी बस्नुपर्दा बिरामीलाई मानसिक असर पनि पर्ने चिकित्सकहरु बताउँछन् ।

अस्पतालको क्षमताभन्दा धेरै बिरामीको चाप हुँदा एउटै शैयामा धेरै बिरामी राखेर उपचार गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका आर्थिक प्रशासन प्रमुख विमल उप्रेतीले बताए । ‘अहिले बिरामीहरु बढ्दै गएका छन्, हाम्रो अस्पताल २ सय शैया क्षमताको हो । आकस्मिक उपचारको लागि आउने बिरामीहरु जसरी पनि सेवा दिनुपर्दा दुई जना राखेर भएपनि उपचार गराइरहेका छौं’ उप्रेतीले लोकान्तरसँग भने ।

आकस्मिक सेवामा मात्रै नभई बहिरंग सेवामा पनि बिरामीको चाप बढेको उनले बताए । आर्थिक वर्ष २०७२÷७३ मा वार्षिक १ लाख २८ हजारले बहिरंग सेवा लिएकोमा आर्थिक वर्ष २०७३÷७४ मा १ लाख ४७ हजारले सेवा लिएको अस्पतालको तथ्याङ्क छ । अस्पतालको तथ्याङ्कलाई हेर्दा पनि वार्षिक १९ हजार बिरामी बढेका छन् ।

दैनिक ६ जनाको मुटुको शल्यक्रिया हुने गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा फागुन महिनासम्मको लागि बिरामीको नाम दर्ता भइसकेको उप्रेतीको भनाइ छ । ‘शल्यक्रियाका लागि फागुनसम्मको बुकिङ भइसकेको छ, पाँच महिना अगावै समय लिनुपर्ने बाध्यता छ’ उप्रेतीले भने ।

असन्तुलित खानपान, शहरीया जीवनशैली र निष्क्रिय जीवनशैलीका कारण पनि मुटुरोगीहरु बढ्दै गएको अस्पतालका चिकित्सकहरुले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x