०८ असार २०८३, सोमबार

गंगालाल अस्पतालमा मुटुरोगीको चाप, एउटै शैय्यामा राखेर दुईजनाको उपचार

कात्तिक २०, २०७४
गंगालाल अस्पतालमा मुटुरोगीको चाप, एउटै शैय्यामा राखेर दुईजनाको उपचार
काठमाडौं, २३ असोज – काठमाडौंको फुटुङकी रीता उप्रेती शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको लागि आकस्मिक कक्षमा शनिबार भर्ना भइन् । श्वास फेर्न गाहृो हुने, हातखुट्टा झम्झमाउने र मुटुको धड्कन कम चल्ले समस्या भएपछि उनका आफन्तले उप्रेतीलाई शनिवार अपस्पताल ल्याएका थिए ।

अस्पतालमा उनीसँगै शैय्यामा रामेछापकी देवकुमारी खत्री पनि छिन् । उनको समस्या पनि उप्रेतीको जस्तै छ । शरीर गल्ने, ज्यान दुख्ने र सास फर्नै गाह्रो भएपछि रामेछापबाट काठमाडौं आइपुगेकी खत्री अस्पतालको आकस्मिक सेवामा भर्ना भई उपचाररत छिन् ।

एउटै शैयामा दुईजना बस्नुपर्दा समस्या हुने गरेको खत्रीले बताइन् । ‘एउटै बेडमा दुईजना बस्नुपर्दा समस्या हुन्छ नि । साँगुरो छ, राति सुत्ने समयमा राम्रोसँग बेडमा अट्न मुस्किल पर्छ’ उनले भनिन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक सेवामा बिरामीको चाप अत्याधिक बढेको छ । १८ शैया रहेको आकस्मिक कक्षका प्रायः सबै शैयामा दुई÷दुई जना विरामी राखेर उपचार गरिएको छ । दैनिक ३० जनासम्म आकस्मिक सेवामा बिरामी भर्ना हुने गरेको अस्पतालका आकस्मिक सेवामा कार्यरत परिचारिका शिल्पा श्रेष्ठले बताइन् ।

‘बिरामीलाई एउटै शैयामा राखेर उपचार गर्दा उनीहरूको स्वास्थ्यमा असर पर्छ’ उनले लोकान्तरसँग भनिन्,‘ बिरामीको चाप सधै यस्तै हो । शैया नपुगेर नै हामीले दुईजनालाई एउटै शैयामा राखेर उपचार गराएका हौं ।’

अस्पतालमा मुटु रोगका मात्रै बिरामी आउने भएकाले एउटाको रोग अर्कोमा नसर्ने उनको भनाइ छ । तर अस्पतालमा रहेको साँघुरा शैयाहरुमा दुईजना बिरामी बस्नुपर्दा बिरामीलाई मानसिक असर पनि पर्ने चिकित्सकहरु बताउँछन् ।

अस्पतालको क्षमताभन्दा धेरै बिरामीको चाप हुँदा एउटै शैयामा धेरै बिरामी राखेर उपचार गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका आर्थिक प्रशासन प्रमुख विमल उप्रेतीले बताए । ‘अहिले बिरामीहरु बढ्दै गएका छन्, हाम्रो अस्पताल २ सय शैया क्षमताको हो । आकस्मिक उपचारको लागि आउने बिरामीहरु जसरी पनि सेवा दिनुपर्दा दुई जना राखेर भएपनि उपचार गराइरहेका छौं’ उप्रेतीले लोकान्तरसँग भने ।

आकस्मिक सेवामा मात्रै नभई बहिरंग सेवामा पनि बिरामीको चाप बढेको उनले बताए । आर्थिक वर्ष २०७२÷७३ मा वार्षिक १ लाख २८ हजारले बहिरंग सेवा लिएकोमा आर्थिक वर्ष २०७३÷७४ मा १ लाख ४७ हजारले सेवा लिएको अस्पतालको तथ्याङ्क छ । अस्पतालको तथ्याङ्कलाई हेर्दा पनि वार्षिक १९ हजार बिरामी बढेका छन् ।

दैनिक ६ जनाको मुटुको शल्यक्रिया हुने गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा फागुन महिनासम्मको लागि बिरामीको नाम दर्ता भइसकेको उप्रेतीको भनाइ छ । ‘शल्यक्रियाका लागि फागुनसम्मको बुकिङ भइसकेको छ, पाँच महिना अगावै समय लिनुपर्ने बाध्यता छ’ उप्रेतीले भने ।

असन्तुलित खानपान, शहरीया जीवनशैली र निष्क्रिय जीवनशैलीका कारण पनि मुटुरोगीहरु बढ्दै गएको अस्पतालका चिकित्सकहरुले बताए ।

salt training

कमेन्ट गर्नुहोस्