
काठमाडौं २३ असोज– प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा राप्रपाले हिन्दूराष्ट्रको मुद्दा फेरि उचालेको छ । राप्रपाले हिन्दूराष्ट्रबारे जनमतसंग्रहको मागगर्दै सोमबार काठमाडौंमा जुलुस र सभाको आयोजना गरेको छ ।
हिन्दू धर्मलाई एजेण्डा बनाएर चुनावमा गएको राप्रपा २०७० सालको संविधानसभा चुनावमा समानुपातिक भोटबाट चौथो ठूलो दलबनेको थियो । संविधान लेखनका क्रममा हिन्दूधर्मको एजेण्डामा लचिलो बनेको राप्रपाले चुनावमा मुखमा फेरि हिन्दू राष्ट्रको कुरा उचालेको हो ।
धर्मको नाममा भोट मागेर सत्ताको बार्गेनिङ गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापाको आलोचना हुने गरेको छ । राप्रपाले लोकतान्त्रिक गठबन्धनसंग मिलेर चुनाव लड्ने तयारी गरेको छ ।