२९ जेठ २०८३, शुक्रबार

माओवादीले सम्हालेका मन्त्रालय राप्रपालाई, के गर्ला माओवादी ?

कात्तिक २०, २०७४
माओवादीले सम्हालेका मन्त्रालय राप्रपालाई, के गर्ला माओवादी ?

काठमाडौं २३ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । प्रमुख सत्तासाझेदार माओवादी केन्द्रले एमालेसँग मिलेर चुनावमा वामपन्थी तालमेल गरेपछि देउवाले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।

माओवादीले सम्हाल्दै आएको गृहमन्त्रालय राप्रपालाई दिने सहमति भइसकेको राप्रपा स्रोतले जनायो । राप्रपा नेता भुवन पाठकले पार्टी सरकारमा सहभागी हुन लागेको पुष्टि गरे ।

माओवादीका जनादर्शन शर्मा अहिले गृहमन्त्री छन् । उनी वामपन्थी गठबन्धन बनाउन सक्रिय भएर लागेका थिए । गृहमन्त्री राप्रपालाई दिनेबारे प्रधामनन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइसकेका स्रोतको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्