२३ जेठ २०८३, शनिबार

कस्तो होला साउदी अरब ? हेर्नुस् केही तस्वीरहरू

कात्तिक २०, २०७४
कस्तो होला साउदी अरब ? हेर्नुस् केही तस्वीरहरू

काठमाडौं, २३ असोज — साउदी अरबका राजा संसारका अत्यधिक धनी मानिसहरूको सूचीमा पर्छन् । हालै उनले रुसको भ्रमण गर्दा गरेको खर्चको विवरण सुनेर धेरैले औंला टोके ।


तर त्यही साउदी अरबमा गरीब मानिसहरू पनि थुप्रै छन् । फ्रान्सका फोटोग्राफर एरिक लफ्फार्जले त्यहाँका गरीबहरूको दैनिक जीवनको तस्वीर खिचेका छन् ।

एकातिर शहरी क्षेत्रमा धनीहरूको चमकदमक देखिन्छ भने अर्कातिर गाउँमा गरीबहरूको सामान्य जिन्दगी छ ।
प्रहरीको घेरामा रहेर एरिकले फोटो खिचेका हुन् ।

उनका अनुसार, साउदीमा पर्यटक भिसा लिनका लागि स्थानीय ट्राभल एजेन्सी वा कम्पनीबाट स्पोन्सरशिप लिनुपर्छ ।

मक्कामा तीर्थयात्रीहरूको अत्यधिक भीडका कारण एजेन्सीहरू गैरमुसलमानप्रति खासै रुचि राख्दैनन् ।

एरिकले पनि मुश्किलले भिसा पाए अनि त्यहाँ गएर तस्वीर खिचे ।






एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्