२४ जेठ २०८३, आइतबार

दलालले पैसा र पासपोर्ट लिएर फरार भएपछि युएईमा दुई नेपालीको बिचल्ली

कात्तिक २०, २०७४
दलालले पैसा र पासपोर्ट लिएर फरार भएपछि युएईमा दुई नेपालीको बिचल्ली

युएई – भिजिट भिसामा युएईको सारजहाँमा तीन जनालाई दलालले पैसा र पासपोर्ट जफत पारेर दलाल नै सम्पर्कविहीन भएको खुलेको छ ।

नेपालबाट प्रतिव्यक्ति दुईदेखि अढाई लाखसम्म लिएर मासिक १७ सयभन्दा बढी, खाना र बस्नको सुविधा तथा ओभरटाइम गर्न पाइने भन्दै युएई पठाएको तर युएईमा आफूहरुले पासपोर्टसमेत नपाएको पीडितहरुले बताएका छन् । गत अक्टोबरमा युएई आइपुगेका मोरङका सुमितकुमार राईले आफ्नो राहदानी नहुँदा पाएको काम पनि गर्न नपाएको बताए ।

साथै उनले बढी पैसा दलाललाई बुझाउँदा आफू बेखर्ची हुनुपरेको बताए । सुमितकुमार सहित मकवानपुरका मञ्जिल बलामीको तीन हजार पाँचसय दिरामसहित पासपोर्ट लिएर मकवानपुरका रविन कार्की फरार भएका हुन् । अहिले उनी सम्पर्कविहीन छन् ।

युएईमा उनीहरुलाई कोठा खोजेर राखिदिने अशोक विश्वकर्मा फरार रविन कार्कीको सहकर्मी भएको थाहा पाएपछि फोन सम्पर्क गरेर बुझ्न खोज्दा सबै व्यवस्थापन गर्ने जिम्मा रविनको भएको अभिव्यक्ति दिएका छन् । ‘यहाँ व्यवस्था गर्ने जिम्मा उनैको हो, मैले मानवीयताको नाताले धरौटीमा राखिएको पासपोर्ट फिर्ता माग्न पैसाको बन्दोबस्त गर्दैछु’, उनले भने । बुधवारसम्म पासपोर्ट दिलाउने उनले जानकारी दिएका छन् । तर उनी फरार कार्कीसँगै काम गर्ने भएकाले पीडितले आफूहरुलाई विश्वास नलागेको जनाए ।

salt training

कमेन्ट गर्नुहोस्