ताप्लेजुङ, २३ असोज - तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा जीप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडाँै लगिएको छ ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि मोरङ, उर्लाबारीका–२६ वर्षीय दिलीप घिमिरे र २० वर्षीय अनिलजंग थापालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडाँै लगिएको हो ।
घाइतेमध्ये घिमिरेको अवस्था गम्भीर तथा थापाको अवस्था सामान्य रहेको उपचारमा संलग्न यहाँका चिकित्सकले बताएका छन् । आज बिहान फुङ्लिङ नगरपालिका–१० मा पर्ने भालुगौँडे–सुकेटार पाथीभरा सडक खण्डमा भएको जीप दुर्घटनामा उनीहरु घाइते भएका थिए । दिलीपकी श्रीमती २५ वर्षीया अनिता र दाजु ३० वर्षीय होमराजको ज्यान गएको थियो । मे १ ज १३०८ नंको जीप बिहान करिब ८ः३० बजे दुर्घटनामा परेको थियो ।