
मोरङको लेटाङ नगरपालिका २ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रुपेश राई रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
राईले आफ्नै घरमा अवैध रुपमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
बिहीवार राति साढे ८ बजे उनको घरमा खानतलासी गर्दा १ थान र घर अगाडि ह्युम पाइपमा राखेको अवस्थामा थप १ थान भरुवा बन्दुक फेला परेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।