०८ साउन २०८३, शुक्रबार

टाटा मोटर्सको स्प्रिङ एक्सचेन्ज अफर : बम्पर उपहारमा आइफोन १५

फागुन २५, २०८०
काठमाडौं
टाटा मोटर्सको स्प्रिङ एक्सचेन्ज अफर : बम्पर उपहारमा आइफोन १५

टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरूका लागि स्प्रिङ एक्सचेन्ज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरू साट्न सकिने कम्पनीले जनाएको छ ।​​​

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुची तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो ।

मेला यही फागुन २५ गतेदेखि २७ गतेसम्म नेपालभरि रहेका टाटाका शोरुमहरूमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।​

स्प्रिङ एक्सचेन्ज कार्यक्रमका टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङ्गमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यस एक्सचेन्ज कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभुती गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको छ ।

कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । साथै कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन पनि कम्पनले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्