१३ असार २०८३, शनिबार

२ हजार ६ सय ७४ सहिदको सूची राजपत्रमा प्रकाशित

फागुन २६, २०८०
काठमाडौं
२ हजार ६ सय ७४ सहिदको सूची राजपत्रमा प्रकाशित

सरकारले  थप सहिदहरुको सूची सार्वजनिक गरेको छ । नयाँ राजनीतिक गठबन्धन बनेलगत्तै प्रचण्ड नेतृत्वको सरकारले २ हजार ६ सय ७४ सहिदको सूची राजपत्रमा प्रकाशित गरेको हो । 

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका उनीहरुलाई सहिद घोषणा गरिएको सरकारले जनाएको छ । 

गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सहिदबारे आवश्यक निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्