×

NMB BANK
NIC ASIA

चलचित्रको चर्चा

कस्तो छ रेखाले पाँच वर्षपछि बनाएको फिल्म ‘उपहार’ ?

काठमाडाैं | फागुन २६, २०८०

NTC
Premier Steels

रेखा थापा महिला केन्द्रित फिल्म बनाउने अभिनेत्री हुन् । रेखाले आफ्ना फिल्ममा महिलालाई ‘हिरो’का रूपमा पेस गर्दै आएकी छन् । लंका, रावण, काली, हिम्मतवाली, रामप्यारी, रुद्रप्रिया त्यसका उदाहरण हुन् । अघिल्लो पटक त रेखाले जाजरकोटकी १५ वर्षीया किशोरीलाई शीर्ष भूमिका दिने आँट गर्दै ‘मालिका’ फिल्म निर्माण गरेकी थिइन् । उक्त फिल्म प्रदर्शनमा आएको ५ वर्षपछि रेखा निर्माण र अभिनयमा फर्किएकी छिन् । र, उनको निर्माण एवं अभिनय रहेको फिल्म ‘उपहार’ शुक्रवारबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । 

Muktinath Bank

यो मानिसको जीवनमा आउने उतारचढाव (अप्स एण्ड डाउन)को कथा हो । त्यसमा पनि साधारण युवतीलाई केन्द्रमा राखेर फिल्मको कथा भनिएको छ । ‘मुना’ नामक उक्त केन्द्रीय पात्रको भूमिकामा रेखा स्वयंमले अभिनय गरेकी छन् । जसमा उनलाई अन्य पात्रले साथ दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०००
सडकमा थर्मसमा चिया बेचेर गुजारा गर्ने मुनाको सपना छ – शहरमा आफ्नै चिया पसल खोल्ने । जसमा उनलाई ट्याक्सी चालक मदन (मुकुन भुसाल)ले हौसला दिएका हुन्छन् । मुना र मदन प्रेममा परिसकेका हुन्छन् । तर, कुनै एक घटनापछि मदन मुनासँग छुट्टिएर वैदेशिक रोजगारीमा जानुपर्ने परिस्थितिमा पुग्छन् । मदनको दुलही बन्ने सपना देखेकी मुना उनको प्रतिक्षामा कुरिबस्न बाध्य हुन्छिन् । 


Advertisment
Nabil box
Kumari

मुनाले आफ्नो सपना पूरा गर्न कति संघर्ष गरेकी हुन्छिन् ? उनको जीवनमा के–कस्ता उतार चढावहरू आउँछन् ? मदनसँग उनको भेट कस्तो अवस्थामा हुन्छ ? मदनको दुलही बन्ने सपना पूरा हुन्छ कि हुँदैन् ? यस्ता प्रश्नहरूको जवाफ थाहा पाउन फिल्म नै हेर्नुपर्छ । 

Vianet communication

फिल्ममा मुनासँग जोडिन आइपुग्ने दुई महिला पात्र छन् निशा (बेनिशा हमाल) र पूजा (पूजा शर्मा) । फरक फरक पृष्ठभूमिका यी दुई युवतीको पनि आ–आफ्नै कथा छ । फिल्ममा समर्पणजंग कार्की, तेज गिरी, शिशिर राणालगायत कलाकारहरू समेत शीर्ष भूमिकामा छन् । 

null

खासमा ‘उपहार’मा महिलाको संघर्षसँगै सक्षमतालाई देखाइएको छ । त्यस्तै, मानिसको सपना र भावनाको क्षयिकरण कसरी हुन्छ भन्ने कुरालाई समेत फिल्ममा पेस गरिएको छ । 

तीन जोडीको फरक–फरक खालको प्रेम कथा यसमा छ । युवापुस्ताको विदेश मोह, देशमा रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतासँगै वैदेशिक रोजगारीले दिएको पीडा, सडक व्यापारीको बाध्यतालगायत विषयलाई समेत फिल्मले उठाएको छ । फिल्मले दर्शकलाई कमेडीमार्फत् हसाउँदै कथा अगाडि बढाएको छ । पहिलो हाफमा हसाएको फिल्मले दोस्रो हाफमा इमोशनल बनाएको प्रतिक्रिया दर्शकले दिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई हाँसो, रोदन, गीत–संगीत, द्वन्द्वलगायत कुराको प्याकेजिङ बनाएका छन् । 

निर्देशक देउजाले गत वर्षको हिट फिल्म ‘झिंगेदाउ’पछि ‘उपहार’ निर्देशन गरेका थिए । मानिसको जीवनमा कहिले खुशी आउँछ, कहिले दु:ख । कहिले सफलता मिल्छ, कहिले असफलता । यद्यपि, हरेश खानुहुन्न भन्ने सन्देश फिल्मले दिने प्रयास ‘उपहार’ गरेको गरेको फिल्म हेरेका दर्शकको प्रतिक्रिया छ । 

‘उपहार’भित्र केही कमी–कमजोरीहरू भने अवश्य छन् । मुख्य कमजोरी त फिल्म मनोरञ्जन हो भन्ने हाउगुजीले निर्देशक ज्ञानेन्द्र देउजालाई गाँजेको देखिन्छ । कथाले न्याय नपाएको भान फिल्म हेरिरहँदा गर्न सकिन्छ । केही संवाद नै नसुहाउने हुन कि लाग्छ । सुरुवाती गीतलाई बिनाप्रसँग राखिएको भान हुन्छ । कलाकारहरूको अभिनय औसत लाग्छ । यद्यपि, रेखा थापाले गर्भवती अवस्थामै यो फिल्मको सुटिङ गरेका कारण उनको अभिनय अलि असहज देखिएको हो कि भन्ने चाहिँ दर्शकलाई लाग्न लाग्छ । 

null

ट्वीस्ट जोड्न फिल्म केही असफल देखिएको छ । अब, के हुन्छ भन्ने कुरा धेरै ठाउँमा दर्शकले पहिल्यै अनुमान लगाउन सक्छन् । उसो त पोस्टर, टिजर र ट्रेलरमा ती कुराहरू पहिल्यै खुलेको भएर पनि ट्स्वीस्ट नलागेको हुनसक्छ । छायांकन, व्याकग्राउण्ड स्कोरले भने दर्शकको आँखा र कानलाई बिझाउँदैन । 

‘उपहार’लाई सुरक्षण भारतीले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई अभिमन्यू निरवी र माधव शर्माले सघाएका हुन् । विष्णु घिमिरे ‘कल्पित’ छायांकार रहेको फिल्मको सम्पादक मित्रदेव गुरुङ हुन् । 

शुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रेखाका श्रीमान बलराम शाही ठकुरी छन् । शुक्रवार उत्साहजनक ओपनिङ गरेको फिल्मले शनिवार पनि बिहानैदेखि हलमा दर्शकको राम्रो साथ पाइरहेको निर्माण टिमको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x