३१ असार २०८३, बुधबार

फिल्म ‘बोक्सीको घर’को टिजर रिलिज

फागुन २६, २०८०
काठमाडौं
फिल्म ‘बोक्सीको घर’को टिजर रिलिज

फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार महाशिवरात्रि तथा नारी दिवसको अवसर पारेर सार्वजनिक टिजरमा बोक्सी कु–प्रथाको नाममा महिलामाथि हुने हिंसालाई देखाइएको छ । 

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन् । साथमा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ । ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो । 

केकीकै होम प्रोडक्शनबाट निर्माण भएको फिल्मको निर्मातामा बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् । 

वैशाख १४ गते फिल्म प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई नेपाल प्रदर्शनपछि अन्तर्राष्ट्रिय महोत्सवहरुमा लैजाने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्