२४ जेठ २०८३, आइतबार

कुम जोडेर बसे केपी ओली र माधव नेपाल

फागुन २७, २०८०
काठमाडौं
कुम जोडेर बसे केपी ओली र माधव नेपाल

तीन वर्षदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सम्बन्धमा सुधार देखिएको छ ।

आइतवार राष्ट्रपति कार्यालयमा उपप्रधानमन्त्री उपेन्द्र यादवको शपथ समारोहमा ओली र नेपाल एउटै ठाउँमा कुम जोडेर बसे । फागुन २१ मा एमाले र माओवादी गठबन्धन बनेपछि ओली माधव नेपालको घर पुगेका थिए ।

२०७७ साल पुसमा प्रतिनिधि सभा विघटनपछि दुई नेताबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो । 

२०७८ असार २८ मा सर्वोच्च अदालतको परमादेशले बालुवाटारबाट बालकोट पुगेपछि ओलीले नेपालविरुद्ध आक्रोश पोखेका थिए ।

गत वर्ष राष्ट्रपतिको चुनावदेखि दुई नेताबीचको तिक्ततापूर्ण सम्बन्धमा आइसब्रेक भएको थियो । नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि उनीहरूको सम्बन्ध शत्रुतापूर्ण भएको थियो ।​

हालैमात्र ओलीले १० सिट भएको नेताले प्रधानमन्त्री पाउँछु भन्दै हिँडेको भनेर माधव नेपालप्रति कटाक्ष गरेका थिए ।

फागुन २१ गते प्रचण्डसँगै ओलीसमेत नेपालको घरमा गएर वार्ता गरेपछि नेकपा एस सरकारमा सहभागी भएको थियो । 

आइतवार शीतल निवासमा सँगै बस्दा अरू नेताले समेत उत्सुकताका साथ हेरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्