०९ साउन २०८३, शनिबार

इलाम–२ मा एमालेबाट चुनाव लड्न सुहाङको औपचारिक दाबेदारी

फागुन २७, २०८०
काठमाडौं
इलाम–२ मा एमालेबाट चुनाव लड्न सुहाङको औपचारिक दाबेदारी

आगामी वैशाख १५ गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम– २ मा नेकपा (एमाले)को तर्फबाट सुहाङ नेम्वाङले औपचारिक दाबी पेश गरेका छन् ।

एमाले इलामले उपनिर्वाचनका लागि गठन गरेको कार्यदलमा सुहाङले आइतवार निवेदन दिँदै औपचारिक दाबी पेश गरेका हुन् ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो ।

उक्त स्थानमा उनकै कान्छा छोरा सुहाङले उम्मेदवारको दाबी पेश गरेका हुन् । 

एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उपनिर्वाचनको मिति तोकिएसँगै सुवासका छोरा सुहाङ पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला उनी आफैँले पनि मैदानमा उत्रने संकेत गरेका छन् ।

सुहाङ कानून व्यवसायी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्