×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न देउवाले बोलाए बैठक

काठमाडाैं | फागुन २७, २०८०

NTC
Premier Steels

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

Muktinath Bank

आज अपरान्ह ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न ४ बजे संसदीय दलको कार्यसमितिको बैठक बोलाइएको छ’, भानुले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभा अध्यक्षको चुनाव २९ फागुनमा हुँदैछ ।

Vianet communication

कांग्रेसले यस अघि कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर सत्ता समीकरण फेरिएपछि अध्यक्षमा कांग्रेसका उम्मेदवारले जित्ने सम्भावना न्यून छ । योसँगै सिटौला उठ्ने सम्भावना पनि कम देखिएको छ ।

सिटौला अनिच्छुक देखिएपछि अरु नेताले पनि हार्ने चुनाव उठ्न धेरै मन नगरेका नेताहरू बताउँछन् । सिटौला अनिच्छुक हुँदा आनन्दप्रसाद ढुंगाना र कमला पन्त उम्मेदवार बन्ने चर्चा छ । 

कांग्रेसले आफूसँग सल्लाह नगरेको भन्दै चुनाव सार्नुपर्ने मत अघि सारेको थियो ।

तर अध्यक्षको चुनाव २९ फागुनमै हुने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x