
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यमान निर्वाचन प्रणालीले राजनीतिलाई विकृत बनाएको बताएका छन् ।
विकृत राजनीतिका कारण सरकार बन्नुभन्दा अगावै प्रधानमन्त्रीको कुर्सी हल्लिने अवस्था आएको उनले टिप्पणी गरे ।
ललितपुरको गोदावरी नगरपालिकाको वार्षिकोत्सव कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीको ऊर्जा सरकार टिकाउनमै सीमित रहेको बताएका हुन् ।
‘अहिले बनेको प्रधानमन्त्रीको सरकार बन्नुभन्दा पहिलेदेखि कुर्सी हल्लेको छ, कतिखेर म यहाँबाट धकेलिने हो ? कतिखेर लड्ने हो भन्ने चिन्ताले । त्यस्तो डराएको र कमजोर प्रधानमन्त्रीले वार फुटिङमा काम गर्छ ?’, थापाले प्रश्न गरे ।
गठबन्धन फेरिरहने प्रवृत्तिले मुलुकलाई निर्वाचन प्रणाली बदल्नु पर्ने बहसमा लैजाने उनको भनाइ छ ।
‘केही समय अलमल होला, अब विस्तारै विस्तारै मुख्य ठूला दललाई राम्रो पाठ सिकाएको छ । चुनावभन्दा अगाडि कहिले एउटाले अर्को एउटाले बोक्ने कामले राजनीतिक स्थिरता दिँदैन भन्ने कुरा बोध भएको छ’ थापाले भने ।