०९ साउन २०८३, शनिबार

आमजनताले महसुस गर्ने गरी काम गर्छु : मन्त्री गिरी

फागुन २७, २०८०
कास्की
आमजनताले महसुस गर्ने गरी काम गर्छु : मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको बताएका छन्।

रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको र सरकारले त्यसलाई पूरा गर्ने बताए। उनले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको बताए।

'आज हाम्रा साथीहरू देशभित्र रोजगारी नपाएर बिदेसिनु परेको छ। जुन प्रकारले नेपाली युवाहरू विदेश पलायन भएको अवस्था छ। यो अत्यन्तै  कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ। म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरू विदेशतिर पलायन हुने होइन, यही देशभित्र रोजगारी सृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्ने हुन्छ', गिरीले भने।

उनले नेपालमा छोटो छोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरूको चलखेल रहने गरेको दाबी गरे।

salt training

कमेन्ट गर्नुहोस्