२३ असार २०८३, मंगलबार

उच्च अदालत दिपायलका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर

फागुन २७, २०८०
काठमाडौं
उच्च अदालत दिपायलका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतले आज उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। 

उनले भने, “रकम हिनामिना गरी भ्रष्टाचार गरेको भेटिएकाले कटवाललाई नौ महिना कैद र रु चार लाख ९८ हजार नौ सय ९५ जरिवाना तथा बिगो बमोजिम रकम असुलउपरसमेत हुने फैसला भएको छ ।”

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई दोषी ठहर गरेको हो । कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब रु पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको उपरजिष्ट्रार तथा प्रवक्ता कार्कीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्