३० जेठ २०८३, शनिबार
राष्ट्रिय सभाध्यक्षको निर्वाचन

राष्ट्रिय सभा अध्यक्षमा दाहालको उम्मेदवारी दर्ता

फागुन २८, २०८०
काठमाडौं
राष्ट्रिय सभा अध्यक्षमा दाहालको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहालले मनोनयन दर्ता गराएका छन् । बानेश्वरस्थित संसद् भवनमा केही बेरअघि दाहालले उम्मेदवारीमनोनयन दर्ता गराएका हुन् । 

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

दाहाल सत्ता गठबन्धनका उम्मर्दवार हुन् । नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराउँदै छन् । 

अध्यक्षका लागि मंगलबार चुनाव हुँदैछ । राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एकएक सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्