२४ असार २०८३, बुधबार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

फागुन २८, २०८०
काठमाडौं
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले लिन लागेको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । 

प्रधानमन्त्रीले आउँदो बुधबार विश्वासको मत लिँदै छन् । 

तत्कालीन गठबन्धन तोडेर प्रचण्डले एमालेसहितको समीकरण बनाएपछि कांग्रेस असन्तुष्ट छ । फागुन २१ गते नयाँ समीकरण बनेको थियो । 

प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाको २१, जसपाको १२ र नेकपा एसका १० सांसदको समर्थन छ ।

salt training

कमेन्ट गर्नुहोस्