१९ असार २०८३, शुक्रबार

दक्षिण कोरियाको बेरोजगारी दर फेब्रुअरीमा १३.३ प्रतिशत घट्यो

फागुन २८, २०८०
काठमाडौं
दक्षिण कोरियाको बेरोजगारी दर फेब्रुअरीमा १३.३ प्रतिशत घट्यो

थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ ।

जनवरीमा एक अङ्कको वृद्धि भए पनि वेरोजगारी दरको दाबी फेब्रुअरीमा पुनः तल झरेको थियो ।  

गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ।
 
लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेबु्रअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दाबीमा वृद्धि हुँदै आएको छ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्