
अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।
अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्च स्तरकै रहेको अर्थमन्त्री पुनले बताएका थिए ।
सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिएका थिए ।
मन्त्री पुनसँग आइतवार नेपालका लागि बेलायती राजदूत रोब फेन र अमेरिकी राजदूत डिन आर.थम्पसनले पनि मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए ।