२२ असार २०८३, सोमबार

भारतीय सहयोगमा बन्ने क्याम्पस भवनको शिलान्यास

फागुन २९, २०८०
काठमाडौं
भारतीय सहयोगमा बन्ने क्याम्पस भवनको शिलान्यास

भारत सरकारको सहयोगमा डोटीमा बन्न लागेको क्याम्पस भवनको शिलान्यास गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको २ करोड ८९ लाख आर्थिक सहयोगमा बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको सोमबार उद्घाटन गरिएको हो । 

भनवको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास गरेका हुन् ।

भारतको अनुदान सहयोगमा विभिन्न सुविधासहित दुई तल्ले क्याम्पस भवनको निर्माण गरिने भएको हो । 

null

कार्यक्रममा बडीकेदार गाउँपालिकाका अध्यक्ष साउदले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । 

भवन निर्माण भएपछि नयाँ पूर्वाधारले क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्ने उनले बताए ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको र ४८८ वटा परियोजना सम्पन्न भइसकेको भारतीय दूतावासले जनाएको छ । 

यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा ४ वटा परियोजना डोटीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्