०१ साउन २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई रास्वपाको ह्विप

फागुन २९, २०८०
काठमाडौं
प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई रास्वपाको ह्विप

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन 'ह्विप' जारी गरेको छ। 

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन 'ह्विप' जारी गरेको रास्वपा सांसद निशा डांगीले जानकारी दिइन् । 

उनका अनुसार बैठकले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । यस्तै, बैठकले सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई पनि अनुमोदन गरेको उनले बताइन् ।

प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।

अघिल्लो सोमबार रास्वपा नयाँ गठबन्धनमा सामेल भएको थियो । चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्