०५ साउन २०८३, मंगलबार

नरेश खातीका दुईवटा गीत ट्रेन्डिङमा

फागुन २९, २०८०
काठमाडौं
नरेश खातीका दुईवटा गीत ट्रेन्डिङमा

गायक, गीतकार एवं संगीतकार नरेश खातीका दुईवटा गीत युट्युब ट्रेन्डिङमा पर्न सफल भएका छन् । उनका ‘किन रुवाको’ र ‘आउनु न फर्केर’ सार्वजनिक भएसँगै ट्रेन्डिङमा परेका हुन् । 

१२ दिनअघि सार्वजनिक ‘आउनु न फर्केर’ले सोमवार बिहानसम्म ५ लाख बढी भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङको सातौं नम्बरमा परेको छ । यो गीतमा नरेश खाती, प्रीति बि.क. र आशा बिसीको स्वर छ । 

त्यस्तै, ३ दिनअघि सार्वजनिक ‘किन रुवाको’ झण्डै ३ लाख भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङको तेस्रो नम्बरमा छ । यो गीतमा पूजा देवकोटा र हिमाल परियारको स्वर छ । 

salt training

कमेन्ट गर्नुहोस्