२६ असार २०८३, शुक्रबार

राष्ट्रिय सभाको गरिमा बढाउन लाग्छु : अध्यक्ष दाहाल

फागुन २९, २०८०
काठमाडौं
राष्ट्रिय सभाको गरिमा बढाउन लाग्छु : अध्यक्ष दाहाल

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए ।

'राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व र भूमिका पूरा गराउन म सबै दलसँग आबद्ध सदस्यलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई विश्वास पनि छ’, उनले भने, 'म त्यहीअनुसार अगाडि बढ्छु ।'

संविधानमा उल्लेख भएअनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उनको भनाइ थियो ।  

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने उनले बताए ।

कानून निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिँदै छन् ।

salt training

कमेन्ट गर्नुहोस्