२३ असार २०८३, मंगलबार

संघीय सरकारमा सहभागी नहुने नाउपाको रेशम पक्षको निर्णय

प्रदेशका लागि छलफल हुँदै
फागुन २९, २०८०
काठमाडौं
संघीय सरकारमा सहभागी नहुने नाउपाको रेशम पक्षको निर्णय

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को रेशम चौधरी पक्षले संघीय सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलवार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई-तिहाइ बहुमतको निर्णयले केन्द्र सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन पनि नदिने निर्णय गरिएको जेष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने पनि नाउपाले निर्णय गरेको छ ।

अहिले नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र पूर्वअध्यक्ष रेशमबीच विवाद छ । रेशम पक्षधरहरू सुदूरपश्चिम सरकारमा सहभागी भएका छन् । तर केन्द्रमा भने उनीहरूले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने भएका हुन् ।

रञ्जिता पक्ष भने वर्तमान गठबन्धनतिर लचक र नेपाली कांग्रेससँग टाढा देखिएकाे छ ।

null


 

salt training

कमेन्ट गर्नुहोस्