३१ असार २०८३, बुधबार

सिनियर डिभिजन एनसीसी तालिम : ५४० जना क्याडेटहरू दीक्षित

फागुन २९, २०८०
काठमाडौं
सिनियर डिभिजन एनसीसी तालिम : ५४० जना क्याडेटहरू दीक्षित

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८ औं ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

मंगलवार सैनिक मञ्च टुँडिखेलमा सम्पन्न समारोहमा सफलतापूर्वक तालिम सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरूलाई दीक्षित गरिएको थियो ।

क्याडेट छात्रछात्राहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सेवादलका संरक्षक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालको विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सृजनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको बताएका थिए । 

२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवादल नेपाल उक्त जनशक्ति उत्पादनमा प्रयासरत रहेको उनले बताए ।

उनले राष्ट्रिय सेवादल तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र बढी भन्दा बढी युवा विद्यार्थीहरूलाई तालिममा समेट्न प्रयास भैरहेको बताए ।

null

त्यस अवसरमा प्रधानमन्त्रीले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्र सैनिक आवासीय महाविद्यालय, भक्तपुरका शसिलबाबु सिलवाल, सर्वोत्कृष्ट छात्रा सेन्ट जेभियर्स स्कूल, ललितपुरकी करिना राना मगर र सर्वोत्कृष्ट प्लेटोन सैनिक आवासीय महाविद्यालय, भक्तपुरलाई पुरस्कार प्रदान प्रदान गरेका थिए ।

समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सह संरक्षकद्वय रक्षा मन्त्री हरिप्रसाद उप्रेती एवं प्रधानसेनापति प्रभुराम शर्माले दीक्षित क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

null

सो क्रममा  उनले राष्ट्रिय सेवादलका पूर्वी तालिम शिक्षालय, मोरङ्गको याङ्सिला, मध्य पूर्वी तालिम शिक्षालय, महोत्तरीको बर्दिबास, मध्य तालिम शिक्षालय, नवलपरासीको हात्तीखोर र पश्चिम तालिम शिक्षालय, बाँकेको कौशिलानगरबाट यस वर्ष ७ हजार ७०४ जना क्याडेट छात्र/छात्राहरूले सफलता पूर्वक तालिम सम्पन्न गरेको बताए । 

हालसम्म ७४ हजार ४८० जनाले राष्ट्रिय सेवादलको सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेको उनले जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्