०२ साउन २०८३, शनिबार

हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना: कस्तो रहला देशभरको मौसम ?

फागुन ३०, २०८०
काठमाडौं
हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना: कस्तो रहला देशभरको मौसम ?

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्