
स्पेनिस क्लब बार्सिलोना ४ वर्षपछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगमा इटालियन टोली नापोलीलाई ३-१ हराएपछि समग्रमा ४-२ को औसतमा जीत निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो ।
१५औं मिनेटमा राफिन्हाको क्रसमा फर्मिन लोपेजले बक्स भित्रबाट गोल गर्दै खेलमा बार्सिलोनाका लागि अग्रता दिलाएका थिए । त्यसको २ मिनेटलगत्तै राफिन्हाको प्रहार पोस्टमा लागेर फर्किएपछि जोआओ क्यान्सेलोले रिबाउन्डमा गोल गर्दै अग्रता दोब्बर गराए ।
३०औं मिनेटमा नापोलीले गोल फर्कायो । डिफेन्डर अमिर रहमानीले गोल गर्दै नापोलीका खेलमा फर्काएका हुन् । तर ८४औं मिनेटमा सर्जी रोबर्टोको पासमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जीत निश्चित गरे ।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।