
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिको बालकुमा क्वाछेँस्थित पुननिर्मित बालकुमारी मन्दिरको उद्घाटन गरेका छन् । मन्दिर उद्घाटनपछि उनले नेपालको संस्कृति, सुन्दर प्रकृति र सम्पदाको वैभव विश्वकै लागि आकर्षक रहेको बताए । यो वैभवशाली सम्पदाको संरक्षण गर्न जरुरी रहेको उनको भनाइ छ ।
काठमाडौं, भक्तपुर र कीर्तिपुर कला र संस्कृतिको लागि धनी र वैभवशाली रहेको उनले बताए । उनले भने, 'कान्तिपुर, पाटन, किर्तिपुर र भक्तपुर कला र संस्कृतिका लागि वैभवशाली छ । यहीका मन्दिरहरूमा ३३ कोटी देविदेवता भेटिन्छन् ।’
राष्ट्रपति पौडेलले बालकुमारीको सुन्दर मन्दिर निर्माण हुनु प्रशंसनीय काम भएको बताउँदै ललितपुरमा रहेका पार्टी पौवा, मन्दिरको पुननिर्माण गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय काम गरेको बताए ।