२२ असार २०८३, सोमबार

मेरो कारण कांग्रेसमा युद्ध बिराम भएको छ, स्थायी शान्तिमा परिणत होस्– प्रचण्ड

फागुन ३०, २०८०
काठमाडौं
मेरो कारण कांग्रेसमा युद्ध बिराम भएको छ, स्थायी शान्तिमा परिणत होस्– प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसभित्रका विचार समूहको द्वन्द्वले आफूलाई आजित बनाएपछि समीकरण बदल्नुपरेको बताएका छन् । अहिले आफ्ना कारण कांग्रेसमा युद्ध बिराम भएको उनले बताए । 

बुधवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा प्रचण्डले आफूलाई राजनीतिक धोकेबाज भनेकोमा आपत्ति जनाए ।

‘समीकरणमा गरेको परिवर्तनका कारण मलाई भिलेन बनाउन तपाईंहरूको जोडबल छ, यदि यसले कांग्रेसको कचिंगल समाप्त भएमा लोकतान्त्रिक आन्दोलनलाई ट्र्याकमा ल्याएकोमा खुशी नै हुनेछु,’ प्रचण्डले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्