०९ असार २०८३, मंगलबार

अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासका लागि प्रतिबद्ध छु : प्रधानमन्त्री

फागुन ३०, २०८०
काठमाडौं
अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासका लागि प्रतिबद्ध छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

​विश्वासको मत लिनुअघि प्रतिनिधि सभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उनले जोड दिए ।

'यावत् आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु', प्रधानमन्त्री प्रचण्डले भने ।

अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व रहेको उनले बताए ।

'राष्ट्रपति हुनुहुन्छ - नेपाली कांग्रेसको पृष्ठभूमिबाट, उपराष्ट्रपति जनता समाजवादी पार्टीबाट, सभामुख नेकपा एमालेको पृष्ठभूमिबाट, राष्ट्रिय सभा अध्यक्ष  माओवादी केन्द्रको पृष्ठभूमिबाट, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट, सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।'

salt training

कमेन्ट गर्नुहोस्