०५ असार २०८३, शुक्रबार
सडकबाट तल खस्यो जीप

उदयपुर जीप दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ८ को उद्धार

चैत १, २०८०
विराटनगर
उदयपुर जीप दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ८ को उद्धार

उदयपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको  छ । भोजपुरका लागि छुटेको को १ ज २५९३ नम्बरको जीप बिहीबार बिहान उदयपुरको बेलका नगरपालिका –७ मैनामनीको चेङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटना भएको स्थान भोजपुर र उदयपुरको सिमानामा पर्छ ।

दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको प्रहरीले जनाएको छ । उद्धारका क्रममा थप एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दल बहादुर राईले बताए । ७ जनाको घटना स्थलमै मृत्यु भएको उनले बताए ।

मृत्यु हुनेमा चालक रमेश बस्नेतसहित ३ जना पुरुष, ३ महिला र एक जना बच्चा रहेको उनले बताए । 

८ जनाको उद्धार गरिएको उनले बताए । घाइतेमध्ये ५ जनालाई स्थानीयको गाडीमार्फत् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए । अन्य ३ जनालाई सप्तकोशीको जेटबोटबाट गाडी भएको स्थानतर्फ लगिँदै गरिएको उनले बताए । 

भिरालो बाटोमा सडक भन्दा ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्