२८ असार २०८३, आइतबार
रुस–युक्रेन युद्धको चपेटामा नेपाली

रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

चैत १, २०८०
काठमाडौं
रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप सातजना नेपालीको मृत्यु भएको छ । यसको जानकारी परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै दिएको हो ।

मृत्यु हुनेमा धादिङका पूर्वबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे र झापाका गंगाराम अधिकारी छन् ।

यस्तै बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान पनि छन् ।

केही मित्रराष्ट्रको सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नदिने नेपाल सरकारको नीति भएको स्पष्ट पार्दै मन्त्रालयले रुसी सेनामा नजान अनुरोधसमेत गरेको छ ।

गत वर्षदेखि जारी रुस–युद्धको चपेटामा भौगोलिक रुपमा टाढा रहेका नेपाली पनि अनावश्यक रुपमा परिरहेका छन् । यसअघि पनि करिब दर्जन नेपालीको मृत्यु भइसकेको थियो ।  

null

 
 

salt training

कमेन्ट गर्नुहोस्