३१ जेठ २०८३, आइतबार

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

चैत १, २०८०
काठमाडौं
चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।  

राष्ट्रपति भवनमा आज आयोजित छट्टाछट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मङ्गोलियाका गरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफनो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 
    
उक्त समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति  थियो ।

salt training

कमेन्ट गर्नुहोस्