०५ साउन २०८३, मंगलबार

टिकटक नियन्त्रण रोक्न अमेरिकालाई चीनको आग्रह

चैत २, २०८०
काठमाडौं
टिकटक नियन्त्रण रोक्न अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई अन्य देशका कम्पनीहरूमाथि अनुचित दमन रोक्न आह्वान गरेको छ। टिकटक लक्षित गर्दै अमेरिकाले बुधबार विधेयक अगाडि बढाएपछि चीनले यस्तो आग्रह गरेको हो । 

अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताए । 

'सम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने साथै चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने, उनले पत्रकार सम्मेलनमा बताए । 

यसै हप्ता  युएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटक सम्बन्धी बिललाई अनुमोदन गरेको छ जसमा टिकटकलाई या त यसले मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने या राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्