
ओस्कार इन्टरनेशनल कलेजको साधना थिएटरमा नाटक 'रिफन्ड' प्रदर्शन भइरहेको छ । डान्स फिवरको प्रस्तुति 'रिफन्ड' गत फागुन २७ गते देखि प्रदर्शन भइरहेको हो ।
नाटक दैनिक ३ देखि ५ सो देखाइएको छ । आगामी आइतबारसम्म नाटक देखाइने डान्स फिवरकी प्रबन्ध निर्देशक निस्मा घिमिरेले जानकारी दिइन् ।
११ कक्षाको अनिवार्य अङ्ग्रेजी विषयमा रहेको नाटक विद्यार्थीहरूले विशेष रूपले हेर्नुपर्ने उनले बताइन् । नाटकमा निजी विद्यालयको बेतिथि र शैक्षिक बेरोजगारको कथा समेटिएको छ ।
संगम विष्टले उत्पादन गरेको नाटकमा जीवन बस्नेत, विशाल रिजाल, निक्रित श्रेष्ठ, योगेन्द्र राना, इशा सिजाली, झलनाथ खत्री, युदिप सिटौला र अमृत घिमिरेको अभिनय रहेको छ ।