२८ असार २०८३, आइतबार
संसद्‌मा कांग्रेसले चर्कायो सहकारी ठगी मुद्दा

कांग्रेसका दर्जन सांसदले मागे गृहमन्त्री लामिछानेको राजीनामा

चैत २, २०८०
काठमाडौं
कांग्रेसका दर्जन सांसदले मागे गृहमन्त्री लामिछानेको राजीनामा

प्रतिनिधि सभामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति गृहमन्त्री हुन नहुने भन्दै सांसदहरूले राजीनामा मागेका हुन् । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै कांग्रेसका करिब एक दर्जन सांसदले लामिछानेको राजीनामा मागेका हुन् ।

कांग्रेस सांसद जीवन परियारले सहकारी ठगीविरुद्ध गृहमन्त्री लामिछानेविरुद्ध नै जाहेरी परेको भन्दै अनुसन्धान निष्पक्ष कसरी हुन्छ भन्दै प्रश्न उठाए । ‘गृहमन्त्रीको नाममा कास्कीमा(२०८० माघ २२ गते) २५ जनाको जाहेरी परेको छ । जाहेरीको कसुर नम्बर १ मा गृहमन्त्रीको नाम छ । दिपेश पुनसहितविरुद्ध फौजदारी अभियोग छ’ उनले भने, ‘के उक्त जाहेरीको छानबिन गृह प्रशासनले निष्पक्ष गर्ला ? आम नेपाली जनताले प्रश्न गरेका छन् ।’ 

बैठकमा सांसद प्रदीप पौडेल, राजेन्द्र केसीलगायत अधिकांश सांसदले विवादित व्यक्ति गृहमन्त्री पदमा बस्न नमिल्ने बताए । अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको प्रमुख पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? भन्दै उनीहरूले प्रश्न उठाएका हुन् । ‘पीडितहरूले आन्दोलनबाट गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ ? गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नस्,’ पौडेलले भने, ‘प्रधानमन्त्रीले पटकपटक सुशासन भन्नुहुन्छ । विगतको गठबन्धन तोड्दा पनि कांग्रेसको कारण सुशासन लागू गर्न नसकेको आरोप लगाउनुभयो । जोमाथि अनुसन्धान चलिरहेको छ उसैलाई अनुसन्धानको तालाचाबी दिएर सुशासन हुन सक्छ ?’

त्यस्तै अर्का सांसद राजेन्द्र केसीले पनि सहकारीको पैसाले गाडी चढ्न लामिछाने अनुसन्धान नसकिँदासम्म गृहमन्त्री बन्न नहुने बताएका छन् । ‘सदस्यले मात्रै ऋण लिन पाउँछन् । गरिब निमुखा, मजदुर र किसानको निम्ति सहकारी हो । तर रविजीले ४६ लाखको गाडी चढ्नु भएको रहेछ । यसमा गम्भीर आशंका छ । पीडकले पीडितको समस्या समधान गर्न सक्छ ? तपाईं पीडक हो,’ उनले भने, ‘यसैले अनुसन्धान नहुँदासम्म तपाईं विश्राम लिएर बस्नुस् । ठीक भएपछि आउनुहोला । अहिले तपाईंलाई गृहमन्त्री बन्न मिल्दैन ।’

सहकारी पीडितबाट देशैभरबाट काठमाडौं आएर सांसद छन् । सांसद कुसुमदेवी थापाले सहकारी ठगीमा अनुसन्धानको दायरामा आएकालाई गृहको जिम्मेवारी दिनुले गम्भीर शंका उत्पन्न भएको बताइन् । ‘सहकारी पीडितहरू बचत फिर्ताको लागि आन्दोलनमा छन् । तर सहकारीमा केही ठगले रकम अपचलन गरेका छन्’ उनले भनिन्, ‘जुन व्यक्ति अनुसन्धनको दायरामा हुनुहुन्छ त्यही व्यक्तिलाई गृहको बागडोर दिँदा अनुसन्धान नै प्रभावित हुने गम्भीर अवस्था आएको छ ।’ 

सांसद कान्तिका सेजुवालले पनि प्रधानमन्त्रीले विवादितलाई गृहमन्त्री बनाउनु गम्भीर रहेको बताइन् । ‘नेपालका स्वार्थका द्वन्द्व रोक्ने कानुन भएन । नभए अब निर्माण गरौं । स्वार्थको द्वन्द्व आफैंमा अनुचित कार्य हो’ उनले भनिन्, ‘तर हाम्रा प्रधानमन्त्रीले त्यसको धज्जी उठाउनुभयो । सहकारी ठगी आरोपित जसमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । यी व्यक्तिको हातमा सुशासनको भण्डार जिम्मा लगाउनुभएको छ । संसारमा राजनीतिमाथि यो भन्दा ठूलो मजाक के हुन सक्छ ?’

salt training

कमेन्ट गर्नुहोस्