१० साउन २०८३, आइतबार
प्रतिनिधि सभा बैठक

सभामुखले गृहमन्त्रीलाई प्रस्ताव पेश गर्न दिएपछि संसद्‌मा कांग्रेसको अवरोध

चैत २, २०८०
काठमाडौं
सभामुखले गृहमन्त्रीलाई प्रस्ताव पेश गर्न दिएपछि संसद्‌मा कांग्रेसको अवरोध

​सभामुख गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव पेश गर्न समय दिएलगत्तै कांग्रेसले संसद्‌मा अवरोध गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए ।​

त्यसलगत्तै कांग्रेस सांसदहरूले उभिएर विरोध जनाएका छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी नाम जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्‌मा जवाफ दिनुपर्ने कांग्रेसले माग गरेको छ ।

कांग्रेस सांसद राजन केसीले गृहमन्त्री लामिछाने सहकारी पीडक रहेकोले उनलाई प्रस्ताव गर्न नदिने बताए ।

कांग्रेस मुख्य सचेतक रमेश लेखकले गृहमन्त्रीलाई प्रस्ताव पेश गर्न दिने बाहेक बजेटका सिद्धान्तमा छलफल गर्न तयार रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्