०९ साउन २०८३, शनिबार

भियतनामको एक होटलमा खाना खाएका २०० जना अस्पताल भर्ना

चैत २, २०८०
काठमाडौं
भियतनामको एक होटलमा खाना खाएका २०० जना अस्पताल भर्ना

हनाेई–भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रवार जनाएका छन् ।  

तीमध्ये केहीको १२ वटा स्थानीय अस्पताल र मेडिकल सेन्टरमा उपचार भइरहेको छ भने केहीलाई घरमै उपचारको लागि औषधि दिइएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।  

अधिकारीहरूले बुधवार राति पर्यटक र स्थानीयसहित पहिले अस्पताल पुगेका ६० जना विषाक्त खानाका कारण विरामी परेको पुष्टि भएको जनाएका छन् । 

भीएन एक्सप्रेसका अनुसार उनीहरू सबैले यसअघि मध्य तटीय शहरको ट्राम आन्हस्थित एक रेस्टुरेन्टमा कुखुराको मासु र खाना खाएका थिए । 

न्हा ट्राङ स्वास्थ्य विभागका अनुसार बिहीवार दिउँसो थप सङ्क्रमित भेटिएका छन् । 

अनुसन्धानका लागि बिक्री सम्झौता र खाद्य सामग्रीसँग सम्बन्धित अन्य कागजात पेश गर्न भनेको तर सञ्चालकले कागजात पेश नगरेकाले रेस्टुरेन्टलाई अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयको खाद्य सुरक्षा विभागले शुक्रवार जानकारी गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्