×

NMB BANK
NIC ASIA

स्टील कम्पनी निप्पोनलाई बेच्ने पक्षमा म छैन– अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडाैं | चैत २, २०८०

NTC
Premier Steels

वासिङ्टन–अमेरिकी स्टील कम्पनी जापानको निप्पोन स्टीललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् ।

Muktinath Bank

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमती रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध केन्द्रित देखिएको छ । दुवै पार्टीका सांसदहरूले एक विदेशी मालिकलाई विशाल अमेरिकी उत्पादन कम्पनी बिक्री गर्ने योजनाको विरोधमा युनियनहरूसँग मिलेर काम गरेका छन् ।


Advertisment
Nabil box
Kumari

यूएस स्टील कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा अवस्थित छ । उक्त राज्यमा राष्ट्रपति बाइडेनले सन् २०२० को निर्वाचनमा ट्रम्पमाथि विजय गरेका थिए ।

Vianet communication

यस वर्ष फेरि बाइडेनको ट्रम्पसँग प्रतिस्पर्धा हुने करिब-करिब निश्चित भएको छ ।  

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले अमेरिकी स्टील कम्पनीहरूलाई जोगाउनुपर्छ । मैले हाम्रा स्टीलकर्मीहरूलाई भनेको थिएँ यसमा मेरो सहयोग रहनेछ ।’

उनले भनेका छन्, ‘यूएस स्टील एक शताब्दीभन्दा बढी समयदेखि एक प्रतिष्ठित अमेरिकी कम्पनीका रूपमा काम गर्दै आएको कम्पनी हो र अमेरिकाका लागि यो कम्पनी रहनु महत्वपूर्ण छ ।’ 

तर बाइडेनले डिसेम्बरमा घोषणा भएदेखि नै यसले राष्ट्रिय सुरक्षा हितलाई कसरी असर गर्छ भन्ने संघीय समीक्षाको अधीनमा रहेको यो सम्झौतालाई आफूले अवरोध गर्ने स्पष्ट रूपमा बताएका छैनन् । 

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले शुक्रवार टोकियोलाई बाइडेनको बयानबारे जानकारी भए पनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको बताएका छन् । 

उनले भने, ‘जापान–अमेरिका गठबन्धन पहिलेभन्दा बलियो छ र राष्ट्रहरूले ‘नियममा आधारित स्वतन्त्र र खुला आर्थिक व्यवस्थाको सुदृढीकरण’ लगायत धेरै क्षेत्रमा सहयोग जारी राख्नेछन् ।’

निप्पोन स्टील र यूएस स्टीलले एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूको साझेदारीले ‘जापान र संयुक्त राज्य अमेरिकाबीचको घनिष्ठ गठबन्धन प्रतिबिम्बित गरेको बताएका छन् ।

‘हामी लेनदेनको प्रशासनको जाँचको स्वागत गर्दछौं । यो लेनदेनको वस्तुनिष्ठ र व्यापक समीक्षाले यसले अमेरिकी रोजगारी, प्रतिस्पर्धा र आर्थिक र राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ भन्ने देखाउँछ,’ वक्तव्यमा भनिएको छ । 

निप्पोन स्टीलले एक छुट्टै विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो सम्झौताले अमेरिकी स्टील, युनियन कामदार र समग्र अमेरिकी स्टिल उद्योगलाई स्पष्ट लाभ प्रदान गर्दछ ।’

यूएस स्टीलको शेयर शुक्रवार ६.४ प्रतिशतले घटेको छ भने निप्पोन स्टीलको शेयर ०.११ प्रतिशतले घटेको छ । 

प्रस्तावित बिक्री संयुक्त राज्य अमेरिकामा एक राजनीतिक हतियार बनेको छ ।

गत फेब्रुअरीमा ट्रम्पले आफूले ह्वाइट हाउसमा दोस्रो कार्यकाल जितेमा उक्त ‘भयानक’ सम्झौता रोक्ने बताएका थिए । 

बाइडेनको चुनावी घोषणापत्रमा अमेरिकी उत्पादनको पुनः निर्माण गर्ने प्रतिबद्धताको केन्द्रमा पनि यो सम्झौता उल्लेख गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x